प्रतिकुल मौसमका कारण उडान रोकिँदा एमाले गण्डकी प्रदेशको उद्घाटन समारोह रोकियो
पाेखरा | असोज १५, २०८०
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकुल मौसमका कारण केही समय रोकिएको छ ।
गण्डकी प्रदेशको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको हो ।
नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको बताए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिदा केही समय ढिलाई भएको बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको छ ।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ ।
यस्तै नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने प्रदेशका उपसचिव एवम् प्रचारप्रचार उपसमिति संयोजक आचार्यले बताए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

